नेपालगन्ज ।
बाँकेका महेश्वरजंग गहतराज ‘अथक’ मन्त्री बन्ने भएका छन् । बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अथक मन्त्री बन्ने भएका हुन् ।
नेकपा माओवादी केन्द्रले उनी सहित ४ जना मन्त्रीको नाम आज टुंग्याएको हो । आज बसेको स्थायी समिति बैठकले देबेन्द्र पौडेल, अथक र शशी श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरेको हो । यस्तै बोधमाया यादवलाई राज्यमन्त्रीमा बनाउने माओवादीले जनाएको छ ।
उनीहरूको मन्त्रालय भने टुंगो लागेको छैन । माओवादी केन्द्रबाट यसअघि जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री छन् ।
प्रतिक्रिया