९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

यी सांसद माओवादी केन्द्रबाट मन्त्री बन्दै



काठमाडौं ।
नेकपा माओवादी केन्द्रले थप मन्त्रीहरुको नाम टुंगो लगाएको छ । बुधवार बसेको पार्टी स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लगाएको हो ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री बनाउने विषयमा सहमति भएको नेता गणेश शाहले बताउनुभयो । यस्तै राज्यमन्त्रीमा बोधमाया यादवलाई पठाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

गठबन्धनमा सरकारमा सहभागी माओवादी केन्द्रको भागमा ५ वटा मन्त्रालय परेका छन् । जसमध्ये दुई मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७८ बुधबार ००:००  ७ : ४८ बजे