९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मुख्यमन्त्री राउतले पाए दुई तिहाइको समर्थन



महोत्तरी ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज बुधवार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुभएको हो ।

प्रदेश सभामा रहेका एक सय चार जना सदस्यमध्ये राउतले ७७ अर्थात् दुइ तिहाइ मत प्राप्त गर्नुभएको हो । जनता समाजवादी पार्टी ९जसपा० विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिनुभएको हो ।

उहाँलाई जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरूले मत दिएका हुन् । उहाँको विपक्षमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा र नेकपा एमालेका सांसदको गरी २३ मत परेको छ । मतदानमा एक सय जना सांसद सहभागी भएका थिए ।

प्रकाशित मिति : २० आश्विन २०७८ बुधबार ००:००  ७ : ४२ बजे