मायादेवी अनलाइन, वाणगंगा ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वाणगंगा नगरपालिका वडा नं. ८ को पहिलो सम्मेलनले विष्णु पौडेललाई वडा अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
मंगलबार बोडगाउँमा भएको प्रथम सम्मेलनले दशबर्षे जनयुद्धका प्याटुन कमान्डर समेत रहेका पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
यस्तै वडा कमिटीको उपाध्यक्षमा भागिरथ न्यौपाने, सचिवमा गणेश परियार, सह सचिवमा दिनाबन्धु पौडेल र कोषाध्यक्षमा लक्ष्मि केसी चयन हुनुभएको छ । २८ सदस्यीय वडा कमिटी गठन गरेको माओवादीले जिल्लाका ९६ वटै वडामा कमिटी गठन गर्ने जनाएको छ ।
वडा सम्मेलनको माओवादीका केन्द्रीय नेता कमल चुँदाली, कपिलवस्तुका संयोजक रामचन्द्र शाह, नेता जनी बञ्जाडे, विष्णु बेल्वासे लगायतले बोल्दै पार्टीका आगामी योजना, पार्टीका नीतिका बारेमा मन्तव्य दिनुभएको थियो ।
प्रतिक्रिया