९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एमाले विभाजन होइन, पुनर्गठन भएको होः उपमहासचिव ज्वाला



दैलेख ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाले नेकपा (एमाले) को विभाजन नभई त्यसको पुनर्गठन भएको बताएका छन् । समाजवादी पत्रकार संगठनले सोमबार दैलेखमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

लामो त्याग, बलिदानी र संर्घषबाट प्राप्त भएका उपलब्धिमाथि एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्रीले प्रहार गर्न थालेपछि आफूहरू त्यसको विरुद्धमा लागेको ज्वालाले बताए ।

उनले भने, ‘संविधानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न नसक्ने व्यवस्था भएको भए पनि त्यसमा पटक–पटक प्रहार गर्नुभयो । उहाँ दक्षिणपन्थी धारमा हिँडेकाले एमाले अब कम्युनिस्ट पार्टी नभएको र आफूहरूले पार्टीभित्र विद्रोह गरेर नयाँ पार्टी गठन गरेका हौँ ।’

प्रकाशित मिति : २० आश्विन २०७८ बुधबार ००:००  ६ : ३० बजे