९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेकपा (एस) निकट अनेरास्ववियू लुम्बिनी भिजन कलेजको अध्यक्षमा अर्याल



मायादेवी अनलाइन, वाणगंगा ।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू लुम्बिनी भिजन कलेजको अध्यक्षमा दीपेन्द्र अर्याल सर्वसम्मत रुपमा चयन हुनुभएको छ । मंगलबार क्याम्पसमा भएको संगठन सदृढीकरण अभियान तथा क्याम्पस सम्मेलनबाट अर्यालको अध्यक्षतामा २९ सदस्यिय क्याम्पस कमिटी गठन गरिएको हो ।

जसको उपाध्यक्षमा दीपक बस्याल, सचिवमा सिर्जना पौडेल, सह सचिवमा आषिश चौधरी, कोषाध्यक्षमा महेश चाँही रहनुभएको छ भने अन्य सदस्यहरुमा हुनुहुन्छ ।

जिल्लाभर संगठन सुदृढीकरणको अभियान चलाएको अनेरास्ववियू कपिलवस्तुले मंगलबार मात्र लुम्बिनी भिजन कलेजमा कमिटी गठन गरेको हो ।

विद्यार्थीका समस्या दिन प्रतिदिन बल्झिदै गैरहेको बेला शैक्षिक क्षेत्रमा हुने तमाम विकृति, विसंगती माथि लड्नका लागि अनेरास्ववियू संगठन विस्तारमा लागेको जिल्ला अध्यक्ष दिपक अनुरागीले जानकारी दिनुभयो ।

जिल्लाभरका क्याम्पसमा कमिटी गठन गरी विद्यार्थीका हकहितको पक्षमा लड्नका लागि संगठनले अभियान थालेको भन्दै यसमा गोलबन्ध हुन अध्यक्ष अनुरागीले आग्रह गर्नुभयो ।

लुम्बिनी भिजनमा भएको संगठन विस्तार कार्यक्रममा नेकपा (एस)का नेता कमल भट्टराई, नेकपा (एस) वाणगंगा नगर कमिटी अध्यक्ष दिपक पन्थी, युवा संघ नेपाल लुम्बिनी प्रदेश सचिव चन्द्रकान्त न्यौपाने, अनेरास्ववियू जिल्ला अध्यक्ष दिपक अनुरागीको उपस्थिति रहेको थियो ।

सिद्धार्थ क्याम्पसका स्ववियू उपसभापति समेत रहनुभएका विद्यार्थी नेता सन्तोष पाण्डेको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता दिपेन्द्र अर्यालले गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७८ मंगलबार ००:००  ९ : १५ बजे