९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कृष्णनगरमा झाडापखालाको महामारीः २ को मृत्यु, सयौं विरामी



कपिलवस्तु।

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडावान्ताका विरामीको संख्या ह्वात्तै बढेको छ । वडा नम्बर ७, ८ र ९ मा झाडावान्ताका विरामीको संख्या बढेको हो । स्थानीय शिवराज अस्पताल बहादुरगंजमा अहिले एक सयको हराहारीमा विरामीहरू रहेको अस्पताल प्रशासनले जनाएको छ । यसकासाथै निजी क्लिनिकहरुमा पनि बिरामीको चाप बढेको छ । नगरपालिकाको बहादुरगंज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरालगायतका गाउँमा झाडा पखालाका बिरामी बढ्दै गएका छन् । झाडा बान्ताले दुई जनाको ज्यान गैसकेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७८ मंगलबार ००:००  ११ : ५८ बजे