९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेकपा कपिलवस्तुद्वारा सिडिओ कार्यालय अगाडी धर्ना, ३ बुँदे सहमति कार्यान्वयनको माग



तौलिहवा ।
नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले तीन बुँदे सहमति कार्यान्वयनका लागि सोमबार जिल्ला प्रशासन कार्यालय तौलिहवा अगाडि दुई घण्टा धर्ना दिएको छ ।

२०७७ फागुन २१ गते तत्कालीन केपी ओली सरकारसँग नेकपाले तीन बुँदे सहमति गरेको तर सहमति भएको करिब सात महिनाको अन्तिम अवधिसम्म आइपुग्दा पनि कार्यान्वयन नभएको भन्दै नेकपाले सिडिओ कार्यालय अगाडी धर्ना दिएको हो ।

नेकपाका कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसी सरकारले आफ्नो पार्टीसंग गरेको सहमति अनुसार तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, राजबन्दी रिहा गर्नुपर्ने, झुटा मुद्दा खारेज गर्नुपर्ने लगायतका माग राखेर धर्ना दिइएको बताउनुहुन्छ ।

उहाँले आफ्नो पार्टीले विकास गरेको नयाँ कार्यनीति अन्तर्गत जनमतसंग्रहको वातावरण तयारमा सरकारले कुनै चासो नदेखाएको र त्यो विषयमा स्पष्ट धारणा पुष्टि गर्न पनि नसकेको बताए ।

केन्द्रीय घोषित कार्यक्रम अनुसार देशभरका जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने, धर्ना दिने र असोज २० गते देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

धर्ना कार्यक्रममा थारु राष्ट्रिय मुक्ती मोर्चा केन्द्रिय संयोजक संघ प्रसाद थारु (सुनिल), बिजयनगर गाउपालिका सेक्रेटरी राजेन्द्र साह प्रताप, शिवराजनगर पालिका सेक्रेटरी पाबेल, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष विज्ञान क्षेत्री, युवा संगठन नेपाल जिल्ला अध्यक्ष सागर, युवा संगठन नेपाल लुम्बिनी व्यूरो सदस्य बादल लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०७८ मंगलबार ००:००  ६ : २६ बजे