९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ईपीएल क्रिकेटमा भैरहवाले चितवनलाई हरायो



काठमाण्डौ ।

एभरेस्ट प्रिमियर लिग ९ईपीएल० टी–२० क्रिकेटमा भैरहवा ग्लाडियटर्सले चितवन राइनोजलाई हराएको छ । चितवनले दिएको एक सय ६५ रनको लक्ष्य भैरहवाले चार विकेट गुमाएर १३ बल अघि नै पूरा गर्‍यो । भैरहवाका लागि प्रदीप ऐरीले ४३ बलमा ७२ रन बनाए । यस्तै तामिम इकबलले ४० र उपुल थारङ्गाले अविजित ३९ रन बनाए । बलिङतर्फ चितवनका करिम जनतले दुई विकेट लिँदा सागर ढकाल र भीम सार्कीले समान एक–एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रन बनायो । चितवनका लागि करिम जनतले ३५, मोहम्मद शहजादले ३२ र सेकुगे प्रसन्नाले २४ रन बनाए । बलिङतर्फ भैरहवाका अविनाश बोहराले तीन, कुशल मल्लले दुई विकेट लिए ।

यो जितसँगै भैरहवा चार खेलमा ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । चितवनको भने पाँच खेलमा आठ अङ्क छ । चितवन यसअघि नै क्वालिफायरमा पुगिसकेको छ । प्रतियोगितामा अहिले दोस्रो खेलमा काठमाण्डौ किङ्ग्स इलेभेन र पोखरा राइनोज खेलिरहेका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७८ सोमबार ००:००  २ : ५१ बजे