९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाणगङ्गा र गजेहडा भुपु सैनिक खानेपानी समितिले सेवा विस्तार गर्ने



चेतन बिस्ट, चारनम्बर ।

वाणगंगा र गजेहडा भुपु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्ना उपभोक्ताका लागि सेवा सुविधा विस्तार गर्ने भएको छ । आयोजक नियत्रा संस्था तथा सरकारको तर्फबाट ७० प्रतिशत र भुपु सैनिक तथा उपभोक्ताको तर्फबाट ३० प्रतिशत लगानिमा सेवा सुविधा विस्तार गरिने भएको हो । आइतबार जितपुरमा एक कार्यक्रम गरी उक्त कुराको जानकारी गराइएको हो ।

भुपु सैनिक खानेपानी समिती र नियात्रा कन्सलटेन्सिले उक्त परियोजनाबारे जानकारी गराउन अन्तरकृया गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा नम्बर चारका वडा अध्यक्ष गणेश क्षेत्रीले यो परियोजना निकै लाभदायक रहेको भन्दै सबै मिलेर परियोजनालाई सफल पार्नु पर्नेमा जोड दिनुभयो ।
साथै उहाले खानेपानी समितिमा वडाको सहयोग आबस्यक परेमा सहयोगका लागि सधैव तत्पर रहेको बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथी प्रमुख कार्यकारी अधिकृत बासुदेब खनालले बाणगंगाका जनताले खानेपानिको महत्व बुझेको भन्दैै ३० प्रतिशत लगानि गर्न नहिच्किच्याउने बताउनु भयो ।
उहाले खानेपानी जस्तो संवेदनशिल बस्तुको सेवा र क्षेत्र विस्तार गर्दा निकै संयमंता अपनाउनु पर्ने बताउनु भयो । खानेपानिका सम्पुर्ण कार्यमा नगर साथमा रहेको भन्दै यो सहपरीयोजनामा पनि नगर साथमै रहेकोले ढुक्क भएर काम अगाडी बढाउन आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै वडा नम्बर १ कि वडा अध्यक्ष बालकुमारी पन्तले नियात्रा सङ्गको सहकार्य सह्रानिया भएको भन्दै वडाबाट गर्न सकिने सहयोगको लागि वडा सधै तत्पर रहेको बताउनु भयो ।
यस्तै खानेपानी समिति अनुगमन समितिका संयोजक बालाराम ज्ञवालिले बाणगंगामा पछिल्लो समय निकै तिव्र रुपमा जनसङ्ख्या बढेको भन्दै सेवा बिस्तार गर्दा बढिरहेको जन्सख्यालाई विशेष ध्यान दिन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा बाणगङ्गा र गजेहडा भुपु सैनिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष राजेन्द्र बिक्रम शाहले नियात्रा र भुपु सैनिकको बिचमा गर्न सकिने कार्यको बारेमा जानकारी गराउनुभएको थियो ।
उहाले उक्त सहपरियोजना आयोजक संस्था तथा सरकारको तर्फबाट ७० प्रतिशत र भुपु सैनिक वा उपभोक्ताको तर्फबाट ३० प्रतिशत लगानिमा सम्पन्न गरिने बताउनु भयो ।
शाहले सहपरीयोजना अन्तर्गत भुपु सैनिक खानेपानी समितिले खानेपानीको सेवा सुबिधा र क्षेत्र बिस्तार, थप पानी संकलको लागि ट्याङ्की निर्माण तथा बितरणका सम्पुर्ण कार्य गर्ने पनि जानकारी दिनुभयो ।
कार्यक्रममा विष्णु न्यौपाने, नन्द किशोर शुक्ला, दोलक बहादुर पछाइ, सरीता देवी ढकाल लगायतले मन्तब्य राख्दै नियात्राले लिएको सहपरीयोजनाले बाणगंगाबासीहरुलाइ निकै फाइदा पुराउने भन्दै यसलाइ सफल गराउन सम्पुर्ण एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।
बाणगंगा तथा गजेहडा भुपु सैनिक खानेपानि समितिका पदाधिारी, सल्लाहाकार, विभिन्न संघ सस्थाका पदाधिकारी, सामाजिक अगुवा, पत्रकार लगायत उपस्थित रहेको कार्यक्रम भुपु सैनिक खानेपानी समितिका लेखा संयोजक कमल पौडेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०७८ सोमबार ००:००  ९ : ३२ बजे