२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

तालिबानद्वारा भारतलाई हवाई उडान सुरु गर्न आग्रह



काठमाण्डौ ।

तालिबानले भारत सरकारलाई हवाई उडान सुरु गर्न आग्रह गरेको छ । तालिबान सरकारले भारतको नागरिक उड्डयन निर्देशनालयलाई पत्र लेखेर दुई देशबीचको हवाई उडान सुरु गर्न आग्रह गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तालिबानले कब्जा जमाउनु अघिसम्म भारतले अफगानिस्तानमा उडान भर्दै आएको थियो । भारतले गएको अगष्ट १५ देखि सबै उडान बन्द गरेको हो । ‍तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि भारत लगायत थुप्रै देशले उडान भर्न बन्द गरेका थिए । पाकिस्तानले भने इस्लामाबाद काबुल उडानलाई केही दिनदेखि फेरि सञ्चालनमा ल्याएको छ ।





प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  २ : २५ बजे