२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध कायमै, ८ मिनेटमै सकियो



काठमाडौं ।
संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बिहीबारको बैठक करिब ८ मिनेट बसेर स्थगित भएको छ। आजको बैठकमा पनि एमालेले अवरोध कायमै राखेको थियो। एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्र पढेर सुनाएका थिए।

त्यस्तै, बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेश गरेका थिए। त्यसपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक २०७८ असोज १९ गते मंगलबार दिनको १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए।

आजको बैठकमा पनि एमालेले निरन्तर अवरोध कायमै राखेको थियो। संसदको गतिरोध हटाउने विषयमा छलफल गर्नका लागि प्रधानमन्त्रीले बोलाएको आजैको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएन।

सर्वदलीय बैठकमा शीर्ष नेताहरूले एमाले संवादबाट पनि भाग्‍न खोजेको हो कि भन्दै निष्कर्षसहितको वार्तामा बस्‍नुपर्ने बेला आएको बताएका थिए। साथै सर्वदलीय बैठकमा नेताहरूले एमालेले जिम्मेवार बन्‍नुपर्ने र संसदको गतिरोध हटाउनमा सहयोग गर्नुपर्ने उनीहरूको एकमत थियो।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  १ : ४० बजे