२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

इक्वेडरमा जेलमा भएको झडपमा ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघ्यो



काठमाण्डौ ।
इक्वेडरमा एउटा जेलमा भएको झडपमा परेर ज्यान गुमाउनेको सङ्ख्या एक सय नाघेको छ ।

अस्ति मङ्गलवार ग्वायाकइल सहरमा रहेको एक जेलमा दुई समूहबीच झडप भएको थियो । झडपका क्रममा कैदीले गोली समेत प्रहार गरेका थिए । जेलभित्रै ग्रिनेड हानाहान समेत भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

झडप नियन्त्रणमा लिन प्रहरीले चार सय प्रहरी परिचालन गरेको थियो । यो जेलमा लागुऔषध गिरोहका सदस्यहरुलाई राखिएको थियो । इक्वेडरमा लागुपदार्थ नेटवर्क चलाउने मेक्सिकोको समूहको आदेशमा झडप भएको बीबीसीले जनाएको छ ।

सुरक्षाकर्मीले यो घटनालाई भयङ्कर त्रासदीपूर्ण भनेका छन् । जेलभित्र कसको हैकम चलाउने भन्ने विवादका कारण झडप भएको हो । घटनामा ५० बढी कैदीहरु घाइते छन् । यो घटना पछि राष्ट्रपति गीएर्मो लास्सोले देशभरका कारागारमा आपतकालीन अवस्थाको घोषणा गर्नु भएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  १२ : ५४ बजे