२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

रोल्पामा भिरबाट लडेर एक वर्षमै २५ जनाको ज्यान गयो



रोल्पा ।
रोल्पामा भिरबाट लडेर यो वर्षमात्रै २५ जनाको ज्यान गएको छ । भौगोलिक विकटताका कारण रोल्पामा भिरबाट लडेर बर्सेनि ठूलो मानवीय क्षति हुने गरेको छ । विभिन्न ठाउँमा भएका अलग अलग घटनामा २५ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । यस्तै चालु आर्थिक वर्षको साढे २ महिनामा मात्रै रोल्पामा भिरबाट लडेर चार जनाको ज्यान गइसकेको छ। ज्यान गुमाउनेमा धेरैजसो जाँडरक्सी खाएर हिँड्नेहरु रहेका प्रहरीले जनाएको छ । घाँस दाउरा र मेलापात गएकाहरूको समेत भिरबाट लडेर ज्यान जाने गरेको छ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  १० : १४ बजे