२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

चट्याङ लागेर गुल्मीमा नौ जना घाइते



गुल्मी ।

गुल्मीको इस्मा गाउँपालिका ४ दोहलीमा चट्याङ लागेर नौ जना घाइते भएका छन् ।बुधबार ठूलो पानीसहित परेको चट्याङ लागेर १९ वर्षीया रिता नेपाली, २२ वर्षीया गीता नेपाली र ५० वर्षीय झक्य नेपालीसहित नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए ।

तीन जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ । ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरी जनाएको छ । तेजबहादुर नेपालीको एउटा गोरु मरेको प्रहरी नायव उपरीक्षक पाण्डेयले बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  ९ : ३८ बजे