२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा



काठमाण्डौ ।

वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा अहिले पानी परिरहेको छ । भारतको झारखण्ड आसपास बनेको न्यूनचापीय रेखाको प्रभावका कारण वाग्मती र गण्डकी प्रदेशका केही ठाउँ र अछामका धेरैजसो ठाउँमा पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो पनि पूर्ण रुपमा मौसम खुल्ने सम्भावना छैन ।
दिउँसो पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । न्यूनचापीय रेखाको प्रभावका कारण राति पनि देशका धेरैजसो ठाउँको हल्का पानी पर्ने सम्भावना छ ।
भोलि बेलुकासम्मकै मौसम यस्तै नै हुने र पर्सिदेखि मौसम सफा हुँदै जाने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताउनुभयो ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  ८ : ४६ बजे