२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

परराष्ट्रमन्त्री खड्का आज स्वदेश फर्कँदै



काठमाण्डौ ।

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभामा भाग लिएर आज स्वदेश फर्कँदै हुनुहुन्छ ।
संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्न खड्का नेतृत्वको प्रतिनिधिमण्डल गएको ८ गते अमेरिकाको न्युयोर्क पुगेको थियो । मन्त्री खड्काले महासभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।
संयुक्त राष्ट्र सङ्घको ७६ औं महासभालाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको थियो । कोरोना विरुद्धको खोपको असमानताको खाडल धेरै गहिरो रुपमा रहेकाले कम आय भएका देशहरु समस्यामा परेका भन्दै उहाँले सबैले न्यायपूर्ण र समान तरिकाले खोप पाउनुपर्नेमा जोड दिनु भएको थियो । यस्तै, अमेरिकामा रहेका नेपालीले आयोजना गरेको छलफलमा पनि उहाँ सहभागी हुनुभएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  ८ : ३० बजे