२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

कांग्रेस वाणगंगाको सभापतिमा विष्णु थापा निर्वाचित



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाली कांग्रेस वाणगंगा नगरपालिकाको नगर सभापतिमा विष्णु थापा निर्वाचित हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा थापा सभापतिमा निर्वाचित हुनुभएको हो ।

उहाँले आफ्ना प्रतिस्पर्धी विरेन्द्र श्रेष्ठ, रविराज आचार्यलाई पछि पार्दै नगर सभापति जित्नुभएको हो । थापा वाणगंगा नगरका पूर्व पार्टी उपसभापति समेत हुनुहुन्थ्यो ।

यस्तै उपभापतिमा भवान दास चौधरी, रमेशचन्द भुसाल, सचिवमा सूर्य प्रसाद बराल, गोबिन्द प्रसाद आचार्य, सह-सचिवमा सुबास पौडेल, सान्ता पोखरेल निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८ बिहिबार ००:००  ५ : ३० बजे