२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

कांग्रेस कृष्णनगर सभापतिमा देवानन्द शुक्ला विजयी



मायादेवी अनलाइन, कृष्णनगर ।
नेपाली कांग्रेस कृष्णनगर नगर समितिको सभापतिमा देवानन्द शुक्ला विजयी हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा शुक्ला सभापतिमा निर्वाचित हुनुभएको हो ।

उहाँले आफ्ना प्रतिस्पर्धी अजय उपाध्यायलाई पराजित गर्नुभएको छ ।

विजयी शुक्लाले ९५ मत पाउनुभएको छ भने पराजित उपाध्यायको ७९ मत छ ।

आसन्न १४ औं राष्ट्रिय महाधिवेशन अन्तरगत बुधबार कपिलवस्तुमा गाउँ र नगर अधिवेशन भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  ९ : ११ बजे