३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

सुनसरीमा नेकपा (एस) निकट अनेरास्ववियूको जिल्ला कमिटी घोषणा



धरान ।
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)को विद्यार्थी संगठन अनेरास्ववियू सुनसरीको घोषणा भएको छ ।

पदाधिकारी बैठक बसेर अतीत किरण नेपालको अध्यक्षमा ५१ सदस्य कमिटी रहने गरि ९ पदाधिकारी कमिटी घोषणा गरेको हो ।

समितिको उपाध्यक्ष, सचिवमा क्रमस प्रतिरोध खतिवडा र आशिष प्रधान रहेका छन् भने सहसचिवमा ५ जना रहेका छन् ।

सह-सचिवमा अरुण कटुवाल,रिता ढकाल, प्रगिन आचार्य, सहबाज आलम, हेमराज खड्का (आदित्य) र कोषाध्यक्ष अमित दाहाल रहेका छन् । जिल्ला कमिटी ५१ सदस्य रहने सचिव आशिष प्रधानले जानकारी दिएकाछन् ।

भेलामा केन्द्रीय सचिव राजेश खड्का प्रमुख अतिथि रहेका थिए भने भेलामा केन्द्रीय सदस्यहरु आशिष बोहोरा, किशोर कट्वाल, शिशिर पौडेल, महेश अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

भेलाको अध्यक्षता केन्द्रीय सचिव सुमन कार्कीले गरेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  ८ : २३ बजे