३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कांग्रेस कपिलवस्तु नगर सभापतिमा खुर्सेद अहमद खाँ निर्वाचित



मायादेवी अनलाइन, वाणगंगा ।
नेपाली कांग्रेसको कपिलवस्तु नगर सभापतिमा खुर्सेद अहमद खाँ निर्वाचित हुनुभएको छ । बुधबार भएको नगर अधिवेशनमा तीन जना प्रतिस्पर्धी उम्मेद्वारलाई पछि पार्दै खाँ नगर सभापतिमा निर्वाचित हुनुभएको हो ।

कुनै समय खाँ जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुको प्रमुख पनि हुनुहुन्थ्यो । लामो समय सरकारी सेवामा लागेर रिटायर्ड लाइफ राजनीतिमा विताउने गरी खाँ जिम्मेवारी पदमा आउनुभएको हो ।

खाँ ले ८२ मत पाउनुभयो भने, उहाँका प्रतिस्पर्धी प्रशान्त कार्कीले ५७, गोपी कृष्ण शर्माले ६४ र माया ज्ञवालीले ७ मत ल्याउनुभएको छ ।

आसन्न १४ औं महाधिवेशन अन्तरगत कपिलवस्तुमा बुधबार गाउँ र नगर अधिवेशन भएको हो ।

यो पनि…

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  ८ : २० बजे