३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कांग्रेस पालिका चुनावः विजयनगरमा यादव एक मतको अन्तरले विजयी



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाली कांग्रेस विजयनगर गाउँ समितिको सभापतिमा जानकी यादव विजयी हुनुभएको छ । कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको विजयनगर गाउँ समितिको बुधबार भएको निर्वाचनमा यादव १ मतको अन्तरले सभापतिमा निर्वाचित हुनुभएको हो ।

उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी राजेश उपाध्यायलाई १ मतले पराजित गर्नुभयो । यादवले ५३ मत ल्याउनुभयो भने उपाध्यायले ५२ मत पाउनुभएको छ । एक मत बदर भएको जनाइएको छ ।

आसन्न १४ औं राष्ट्रिय महाधिवेशन अन्तरगत बुधबार कपिलवस्तुमा गाउँ र नगर अधिवेशन भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  ६ : ४० बजे