३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कंगोमा यौन दुर्व्यवहारको घटनामा डब्लुएचओका कर्मचारीको संलग्नता पुष्टि




काठमाण्डौ ।
इबोला महामारी नियन्त्रणको प्रयासमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा खटिएका विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० का सहायताकर्मीले महिला तथा बालिकामाथि यौन दुर्व्यवहार गरेको पुष्टि भएको छ ।

कंगोमा महिला तथा बालिकामाथि यौन दुर्व्यवहार गर्ने ८३ जना सहायताकर्मीमध्ये डब्लूएचओका कर्मचारी पनि रहेको एक अध्ययनले पुष्टि गरेको हो ।

सहायताकर्मीहरुमा लागेको आरोपमध्ये बलात्कारका ९ घटना पनि छन् । सन् २०१८ देखि २०२० सम्म भएका यी घटनामा संलग्न हुनेमा स्थानीय र अन्तर्राष्ट्रिय सहायताकर्मी रहेको प्रतिवेदनमा उल्लेख छ । ५० भन्दा बढी त्यहाँका महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि भएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको हो ।

डब्लूएचओका महानिर्देशक डा। ट्रेडरोज अड्रोनोम गेब्रेसियसले दुर्व्यवहारको घटना अक्षम्य रहेको बताउनु भएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  १ : ४३ बजे