३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मदिरा सेवन गरी अर्घाखाँचीमा श्रीमानद्धारा श्रीमतिको हत्या



बुटवल ।
अर्घाखाँचीमा श्रीमानले श्रीमतिको हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका ३० वर्षीय विष्णु विकले आफ्नी २९ वर्षीया श्रीमती सिता विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता गणेश खनालले बताए ।

मंगलबार साँझ मदिरा सेवन गरी लठ्ठीले हिर्काएर श्रीमतिको हत्या गरेको सूचना अधिकारी खनालले बताए । विष्णु विकलाई नियन्त्रमा लिई आवश्यक अनुन्धान भई रहेको प्रहरीले जनाएको छ । सिताको शवलाई पोष्टमार्टनका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  १ : २४ बजे