३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

लुम्बिनी प्रदेशसभाको बैठक फेरि सर्‍यो



बुटवल ।
पटकपटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचना गरी जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश सभाको अर्को बैठक यही असोज २० गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

नेकपा एमालेले कारबाही गरेका प्रदेश सभा सदस्य अजय शाही र बिमला कुमारी खत्री वलीलाई पदमुक्त गरेको सदनलाई जानकारी गराउन माग गर्दै एमालेले प्रदेश सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखिनै बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  १ : १४ बजे