३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

पाल्पाबाट बुटवल आउँदै गरेको जीप दुर्घटना , दुई जना घाइते



बुटवल ।
सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डमा बुधबार बिहान बलेरो जीप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ च ४३२६ नम्बरको बलेरो जीप तिनाउ–३, झुम्सास्थित पानीमिल नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जना घाइते भएको स्थानीय बासिन्दा कृष्ण पाण्डेले जानकारी दिए । घाइतेको उद्दार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बुटवल उपमहानगरपालिका–२, बस्ने २८ वर्षीय ज्ञानबहादुर दर्लामी ९चालक० र सोही स्थानका २२ वर्षीय रोहित सिंजाली रहेको दोभान प्रहरी चौकीका प्रहरी नायव निरीक्षक प्रहरी विष्णुबहादुर कुँवरले जनाएका छन् । दुबै जनाको अवस्था मध्यम् रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ७ बजेतिर भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  १ : ०९ बजे