३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

पाइलटविहीन ड्रोन गस्ती रोक्न अमेरिकालाई अफगानिस्तानको आग्रह



काठमाण्डौ ।
अमेरिकाले आफ्नो आकाशमा ड्रोन गस्ती गरेको अफगानिस्तानले आरोप लगाएको छ । पाइलटविहीन ड्रोन गस्ती रोक्न अमेरिकालाई आग्रह समेत गरेको बख्तर न्यूज एजेन्सीले उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय समुदाय र विशेष गरी अमेरिकालाई अफगान सरकारले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरिएको छ । अमेरिकाले ड्रोन गस्ती गरेर अफगानिस्तानको सार्वभौमिकताको उल्लङ्घन गरेको त्यहाँका अधिकारीहरुले टिप्पणी गरेका छन् ।

अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस लडाकुहरूले गतिविधि सञ्चालन गर्नसक्ने भन्दै कतारबाट अफगानी भूमिको गतिविधिलाई नियालीरहेको अफगान अधिकारीहरुलाई उद्धृत गरी बख्तर न्यूज एजेन्सीलले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  ७ : ३२ बजे