३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै



काठमाडौं
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछन् ।

टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र पोखराबीचको खेल बिहान ९ : ३० बजे सुरु हुनेछ ।

कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर आज पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा ललितपुर काठमाडौं किङ्स-११ सँग पराजित भएको थियो।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पनि पहिलो जितको खोजीमा रहेको छ । पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अंक बाडेको थियो । वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अंक पाएको थियो ।

यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र विराटनगर वारिवर्सबीच प्रतिस्पर्धा हुनेछ । भैरहवा र विराटनगरबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ । शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा पहिलो जित निकाल्न चाहन्छ । वर्षाको कारण खेल रद्द हुँदा पहिलो खेलमा भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।

विराटनगर पनि पहिलो जित निकाल्न चाहन्छ । विराटनगर पहिलो खेलमा चितवन टाइगर्ससँग पराजित भएको थियो ।

प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  ७ : २३ बजे