३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नेपाली कांग्रेस कपिलवस्तुको पालिका अधिवेशन आज, अधिकांश ठाउँमा चुनाव हुँदै



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाली कांग्रेस कपिलवस्तुमा आज गाउँ र नगर समितिका अधिवेशन आज हुँदैछन् । आसन्न पार्टीको १४ औं महाधिवेशन अनुसार केन्द्रीय समितिले आज जिल्लाका पालिका अधिवेशनका लागि मिति तोकेको हो ।

१० स्थानीय तह रहेको कपिलवस्तुमा अधिवेशन हुन थालेको कांग्रेस कपिलवस्तुले जनाएको छ ।

जिल्लाका ९६ वडाका अधिवेशन सम्पन्न भएसंगै कांग्रेस कपिलवस्तु गाउँ र नगर अधिवेशनमा आज जुटेको हो ।

१० स्थानीय तह मध्ये ४ गाउँपालिका र ६ नगरपालिकामा आज एकै दिन निर्वाचन हुने निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिनुभयो ।

गाउँ र पालिका अधिवेशनको मतदाता नामावली हिजो नै जिल्ला पार्टी कार्यालयका प्रकाशन भैसकेको छ । आज बुथमा पनि मतदाता नामावली प्रकाशन हुने छ ।

विहान ७ बजेदेखि निर्वाचन कार्यक्रम प्रारम्भ हुने जिल्ला निर्वाचन अधिकृत पन्तले बताउनुभयो ।

जिल्लामा सर्वसम्मत नेतृत्व चयनका लागि कोसिस भएपनि अधिकांश स्थानमा चुनाव हुने पक्का छ । सबै स्थानीय तहमा कांग्रेसका नेता उम्मेदवारी घोषणा गरी चुनावी मैदानमा उत्रिएका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८ बुधबार ००:००  ५ : ३७ बजे