३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

भीम रावल भन्छन्ः १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसक्यो



काठमाडौं ।
नेकपा (एमाले) का उपाध्यक्ष भिम रावलले धेरै ठाउँमा १० बुँदे सहमति कार्यान्वयन भइसकेको बताएका छन्। बाँकी रहेका ठाउँमा पनि छिटै कार्यान्वयन हुने रावलले बताए।

मंगलबार कार्यदलको बैठकपछि प्रतिक्रिया दिँदै रावलले १० बुँदे सहमतिको कार्यान्वयन र विधान महाधिवेशनमा प्रतिनिधित्वका विषयमा छलफल भएको जानकारी दिए। उनले उपयुक्त विधि र संरचनागत समाधानका उपायबारे छलफल भएको बताए।

‘विधान महाधिवेशनमा प्रतिनिधित्वको विषय र १० बुँदेको कार्यान्वयनको सम्बन्धमा देखिएका समस्याहरु समाधानका लागि एउटा नीतिगत व्यवस्था गरेर तदनुकूल नै त्यस्ता समस्या समाधान गर्ने कुरा गरेका छौं। १० बुँदेको कार्यान्वयनमा धेरै ठाउँमा भइसकेको छ। जुन ठाउँमा त्यसको कार्यान्वयन हुन सकेको छैन। त्यसलाई पनि छिटो कार्यान्वयन गरेर जाने कुरा भएको छ,’ रावलले भने।

प्रकाशित मिति : १२ आश्विन २०७८ मंगलबार ००:००  ९ : १९ बजे