३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या १ करोड ३१ लाख नाघ्यो , थप १ हजार १ सय ५८ जनामा कोरोना पुष्टि



काठमाण्डौ ।
पछिल्लो २४ घण्टामा देशभर एक हजार एक सय ५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार तीन जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा सात लाख ९३ हजार दुई सय ७१ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पुष्टि हुनेको सङ्ख्या ९१ हजार एक सय आठ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार तीन सय १८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६३ हजार सात सय ३४ पुगेको छ ।

यही अवधिमा थप १२ जनासहित कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार एक सय १५ जना पुगेको छ ।

अहिले १८ हजार चार सय २२ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ६४ जनाको आईसीयू र एक सय २० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैबीच नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ३१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख आठ हजार ९० मात्रा खोप लगाएसँगै खोप लगाउनेको सङ्ख्या एक करोड ३१ लाख ६६ हजार पाँच सय ९८ जना पुगेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप लगाउनेमध्ये ६२ लाख पाँच हजार सात सय ७० जनाले पूर्ण मात्रा र ६९ लाख ६० हजार आठ सय २८ जनाले एक मात्रा खोप लगाएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८ मंगलबार ००:००  ५ : ०३ बजे