३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टीनिकट लोकतान्त्रिक युवा संघलेद्धारा प्रदर्शन



काठमाडौं ।

चीनले नेपाली भूमि मिचेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टीनिकट लोकतान्त्रिक युवा संघले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

हुम्लामा चीनले नेपाली सीमामा अतिक्रमण गरेको भन्दै संघमा आबद्ध नेता–कार्यकर्ताले मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरूले ‘चीनद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता गर’, ‘हुम्ला जिल्लामा रहेको १२ नम्बर पिलर सार्न पाइँदैन’लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरूले नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरिएको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेका छन् । यस्तै, चीनमा एबीबीएस गरेका विद्यार्थीहरूलाई नेपालमा इन्र्टनसिप गराउनुपर्ने माग पनि गरिएको थियो ।

संघले नेपालको सीमारक्षाका लागि निरन्तर खबरदारी गर्ने जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८ मंगलबार ००:००  २ : ४० बजे