३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बुटवलका मेयरलाई मुक्का हान्ने पङ्गेनी ५ हजार धरौटीमा छुटे



बुटवल ।
बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवा गणेश पङ्गेनी ५ हजार धरौटीमा रिहा भएका छन् । सोमबार साँझ पङगेनीलाई ५ हजार धरौटीमा छाडिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले बताए ।

पङ्गेनीले भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकनका गर्न गएको बेला मेयर सुवेदी माथि दुर्व्यहार गरेका थिए । प्रहरीले उनलाई सोहि दिन साँझ पक्राउ गरी सार्वजनिक मुद्दा अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान गरेको थियो । मेयर सुवेदीलाई दुर्व्यहार गर्ने पङ्गेनी बुटवलको ज्योतिनगरका पहिरो पीडीत हुन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८ मंगलबार ००:००  २ : ३३ बजे