३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा आयो



दाङ ।
दाङको घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा आएको छ ।

प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसर पारेर आजदेखि प्राइभेट वार्ड सञ्चालनमा ल्याइएको उपकुलपति प्रा डा. सङ्गीता भण्डारीले जानकारी दिनुभयो । यस वार्डमा बिरामीका लागि छुट्टाछुट्टै क्याबिन बेड राखिएको छ ।

एसी सुविधा, प्रत्येक बेडका लागि छुट्टाछुट्टै शौचालय, अपाङ्गमैत्री शौचालय, लिफ्टबाट क्वाबिनसम्म जाने व्यवस्था, डाक्टर र स्वास्थकर्मीको चौबिसै घण्टा उपलब्धतासहितको व्यवस्थासहित सेवा सुरु गरिएको प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले जानकारी दिनुभएको छ ।

प्राइभेट वार्ड सेवा दाङका लागि पहिलो र नवीनतम सेवा भएको प्रतिष्ठानले जनाएको छ । आजदेखि बेडसहित राप्ती स्वास्थ विज्ञानमा अब १ सय ७५ बेड सञ्चालनमा आएको छ ।

प्रतिष्ठान आउँदो वर्षदेखि शैक्षिक कार्यक्रम सुरु गर्ने तयारीमा रहेको शिक्षाध्यक्ष डा. वसन्त लामिछानेले जानकारी दिनुभयो ।

सिटी स्क्यान सेवा, आधुनिक ल्याब सेवा, अक्सिजन प्लान जडान, विभिन्न विशेषज्ञ सेवा प्रदान गरी उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता कम भएको डा। लामिछानेले बताउनुभयो ।

प्रकाशित मिति : १२ आश्विन २०७८ मंगलबार ००:००  १ : ३३ बजे