३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कपिलवस्तु दुर्घटना अपडेटः घाइते १५ मध्ये ४ जना गम्भिर, ११ जना डिस्चार्ज



मायादेवी अनलाइन, चारनम्बर ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा मंगलबार विहानै भएको दुर्घटनामा १५ जना घाइते भएको पाइएको छ । चारनम्वर शान्तिटोलमा विहान करिव ५ वजे तिर भएको दुर्घटनामा ५ जना घाइते भनिए पनि १५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

घटनास्थल नजिकै रहेको सि एण्ड सि अस्पतालले घाइते १२ जनाको उपचार गरी ८ जनालाई डिस्चार्ज गरेको छ भने गम्भिर घाइते भएका ४ जनालाई थप उपचारको लागि बुटवल र भैरहवा पठाएको छ ।

अस्पतालका ब्यवस्थापक कृष्ण पोख्रलका अनुसार गम्भिर प्रकृतिका (अंगभंग भएका, टाउको, आँखामा चोट लागेका ) ४ जनालाई थप उपचारको लागि रिफर गरिएको जानकारी दिनुभयो । सि एण्ड सि मा उपचार भएका सबै रुकुम र सल्यानका रहेका छन् । घाइते सबै १८ बर्षदेखि ३५ बर्षसम्मका रहेको पनि उहाँले जानकारी दिनुभयो ।

आफ्नो आँखै अगाडी दुर्घटना भएपछि घाइतेको उद्धार गरी उपचारमा आफू विहानभर खटिएको पोख्रेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो । समयमै आफूहरु उद्धार र उपचारमा नखटिएको भए थप क्षति हुन सक्ने भन्दै स्थानीय, प्रहरी र अस्पतालका अरु कर्मचारीलाई उहाँले धन्यवाद दिनुभयो ।

यता कपिलवस्तु सामुदायिक अस्पतालमा ३ जनाको उपचार भएको छ । तीमध्ये बाणगंगा १ का ३५ बर्षका सुजन क्षेत्री डिस्चार्ज भएका छन् भने गोरखाका ३५ बर्षका अर्जुन क्षेत्रीको उपचार भइरहेको इमर्रजेन्सी इन्चार्ज राम किसन चौधरीले मायादेवीलाई जानकारी दिनुभयो । अर्का एक जनाको भने नाम खुलेको छैन । लकडाउन खुलेर सहज जनजीवन भएसंगै बाणगंगामा सवारी दुर्घटनाको क्रम पनि बढेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८ मंगलबार ००:००  ९ : १५ बजे