३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

रुपन्देहीको सैनामैनामा ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु



बुटवल । रुपन्देहीको सैनामैनामा एकाबिहानै ट्रकले ठक्कर दिँदा आमाछोराको मृत्यु भएको छ । पुर्वपश्चिम राजमार्ग अन्तरगत सैनामैना ५ बुद्धनगरमा ना ८ ख ४४११ नम्बरको ट्रकले ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।
मृत्यु हुनेमा सैनामैना ५ का ४२ वर्षिया राधा भट्टराई र २२ वर्षिया महेश भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ । उनिहरु आमाछोरा हुन । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले बताएको छ ।

बुद्धनगरको प्रतिक्षालयमा गाडी कुरेर बसेका उनिहरुलाई पश्चिमबाट आएको ट्रकले ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन ।

प्रकाशित मिति : १२ आश्विन २०७८ मंगलबार ००:००  ८ : ०५ बजे