३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कपिलवस्तुको चारनम्वरमा विङगर र बस ठोक्किदा ५ जना घाईते



मायादेवी अनलाइन, जितपुर ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत कपिलवस्तुको वाणगंगा नगरपालिका चारनम्वर शान्तिटोलमा मंगलबार विहान करिव ५ वजे तिर रुकुमबाट काठमाडौं जांदै गरेको बा ४ ख २४४८ नम्वरको बस र नम्वर लगाउन चारनम्वर आउदै गरेको लु १ ज ३००६ नम्वरको विङगर एक आपसमा ठोकिदा बसमा सवार ३ र विङगरका २ जना घाइते भएका छन ।

घाईतेहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना के कति कारणले भयो थप अनुसन्धान भैरहेको इलाका प्रहरीले कार्यलय पिपराले जनाएको छ ।

यो पनि… कपिलवस्तु दुर्घटना अपडेटः घाइते १५ मध्ये ४ जना गम्भिर, ११ जना डिस्चार्ज

प्रकाशित मिति : १२ आश्विन २०७८ मंगलबार ००:००  ६ : ०२ बजे