३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नेकपा (एस) महाराजगंजमा वडा कमिटी गठन



मायादेवी अनलाइन, महाराजगंज ।

नेकपा (एकीकृत समाजवादी) महाराजगंज नगर कमिटी अन्तरगत वडा नम्बर ५ उदयपुरमा वडा कमिटी गठन भएको छ । सोमबार भएको वडा भेलाले बासअलि गद्धीको अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन भएको हो । जसको उपाध्यक्षमा सन्जन यादव, उपाध्यक्षमा चन्द्रप्रकाश पासी, उपसचिवमा राम बहादुर कहार र अन्य सदस्यमा रहनुभएको छ ।

कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्ष लंक बहादुर हमालले नेकपा (एकीकृत समाजवादी) लाई जिल्लामा पहिलो पार्टी बनाउने गरी मैदानमा खटिएको बताउनुभयो । केपी ओलीले कम्युनिष्ट पार्टीको जनमतलाई कदर गर्न नसकेका कारण आफुले एमालेलाई पुर्नरगठन गरी नँया पार्टी बनाएको प्रष्ट पार्नुभयो ।

एमालेमा ब्यक्तीवादी प्रवृत्ती मौलाएको भन्दै त्यसले समाजवाद ल्याउन नसक्ने ठोकुवा गर्नुभयो । दक्षिणपन्थी भाषामा एमाले फसेको भन्दै अब कम्युनिष्टहरु नेकपा (एकीकृत समाजवादी) मा गोलबन्द हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला कमिटी उप-सचिव ओमप्रकाश कुर्मी, नेता मिना परियार, युवा नेता सरोज पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७८ मंगलबार ००:००  ५ : ३१ बजे