३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

थप १२८२ जनामा कोरोना संक्रमण पुष्टि, ७ को मृत्यु



काठमाडौं ।

बितेको २४ घण्टामा देशभर १२८२ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १२६२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ७ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार १०३ पुगेको मन्त्रालयले जनाएको छ ।


यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा ९० हजार ८५४ र पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९२ हजार ३६७ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ६२ हजार ४१६ जना निको भएका छन् । यस्तै हाल देशभर १८ हजार ८४८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  ४ : ५३ बजे