३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

खेत जोत्ने क्रममा रोटावेटरमा परेर एक युवकको मृत्यु



कपिलवस्तु ।

कपिलवस्तुमा टयाक्टरले खेत जोत्ने क्रममा एक युवकको मृत्यु भएको छ । टयाक्टरले खेत जोत्ने क्रममा कपिलवस्तुको महाराजगंज नगरपालिका ६ छोटकी बुटहानियामा २२ वर्षिया दिलिप कहाँरको मृत्यु भएको हो । लु४त ७९२१ नम्बरको टयाक्टरले खेत जोत्ने क्रममा रोटावेटरभित्र पर्दा कहाँरको घटनास्थलमै मृत्यु भएको ईप्रका कृष्णनगरका प्रहरी निरिक्षक सुखदेव पौडेलले जानकारी दिनुभयो । शव पोष्टमर्टमका लागि शिवराज अस्पताल बहादुरगंज पठाएको छ । टयाक्टरले चालकको खाजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  ४ : ३९ बजे