३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सुर्यको किरणलाई कसैले निस्तेज पार्न सक्दैनः आले



अर्घाखाँची ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटीका सदस्य बिष्णु कुमार आलेले नेकपा एमाले समुन्द्र जस्तै विशाल पार्टी भएकाले कसैले एक दुई गाग्रो निकाल्दैमा नसकिने बताउनु भएको छ । उहाले कालोमडारिएको बादलले केही समय अँध्यारो बनाएपनि सुर्यको किरणलाई कसैले निस्तेज पार्न नसक्ने बताउनु भयो ।
अर्घाखाँची सितगंगा ३ वडा एमाले कमिटीको आयोजनामा साविक १, २, ७ ,८ र ९ वडामा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई प्रमुख अथितीको आशनबाट संबोधन गर्दै आलेले देश र जनताको रक्षा बिकास र समृद्धिको दृढ संकल्प बोकेको नेकपा एमाले सम्पुर्ण युवा तथा नयाँ पुस्ताको पार्टी भएको बताउनु भयो ।उहाले भन्नुभयो, कम्युनिस्टको सरकार आउनु अघि ६० बर्ष पुगेकालाई कम्युनिस्टको सरकार आएपछि गोली हान्छ भन्दै गरिएको कुप्रचारलाई चिर्दै २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले बृद्वबृद्वालाई मासिक एक सय बाट सुरू गरेको सामाजिक सुरक्षा भत्ता अहिले मासिक चार हजार पुगेको र त्यसकारण पनि नेकपा एमाले पार्टी अशक्त अपांग, एकल महिला तथा बृद्वबृद्धा नागरिकको सहाराका लागि असल छोराछोरीको रूपमा स्थापित भैसकेको बताउनु भयो ।

सहारा नपाएर छट्पटीएका उमेर काटेका वुवा आमालाई सरकारले दिने सामाजिक सुरक्षा भत्ताले दैनिकी चलाउन सजिलो भएकाले नेकपा एमाले बृद्धबृद्धाको पार्टी भएको बताउनु भयो। भविस्य नभएको पार्टीमा नलाग्न वहाँले युवाहरूलाई आग्रह गर्नु भयो । वडा कमिटीका अध्यक्ष पुनाराम अधिकारीको अध्यक्षता, प्रेस चौतारी नेपालका प्रदेश सदस्य बिष्णु कुमार आलेको प्रमुख आथित्यता र वडा सचिव हुम बहादुर सारूको संचालनमा संम्पन कार्यक्रममा वीर बहादुर बिक, किरण अधिकारी ,तोयनारायण खनाल ,रेमलाल खनाल,भक्तबहादुर सुनार ,मित्रलाल बेल्बासे ,लोकमणी अधिकारी लगायतको उपस्थिति रहेको थियो । भेलामा बोल्ने वक्ताहरूले एमालेको लहर देखेर अपबित्र गठबन्धन तथा सर्वोच्चको परमादेशबाट आएको सरकारमा भएका पार्टी अत्तालिएको बताउनु भयो । भेलाले विभिन्न टोल कमिटी समेत गठन गरेको छ । पाँचपोख्रा, ठुल्दिप र खान्दुला टोलमा अध्यक्षमा भक्त बहादुर सुनार ,सचिवमा धन बहादुर थापा ,सह सचिवमा झबिन्द्र बिक रहेको टोल कमिटीमा ३१ सदस्यीय रहेको छ ।

कैलासे, तल्लापदमे, उपल्ला पदमे टोलमा अध्यक्षमा खिम बहादुर रजाली, सचिवमा राम बहादुर सारू, सहसचिवमा झबिन्द्र बेल्बासे रहेको कमिटीमा ४२ सदस्यीय र खिब्दी, पखेरे र कोहल टोलमा अध्यक्षमा निर्मला अधिकारी, सचिवमा सालिकराम अधिकारी र सह सचिवमा कमला पाण्डे रहेको टोल कमिटीमा २६ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।
त्यसैगरि वडा नम्बर १ मा वडा ईन्चार्ज राजकुमार श्रेष्ठ र प्रेस चौतारीका प्रदेश सदस्य बिष्णु कुमार आलेको उपस्थिति रहेको भेलाले अध्यक्षमा गणेश पौडेल , उपाध्यक्षमा कमल बिक र सचिवमा सुशील श्रेष्ठ रहेको टोल कमिटीमा २९ सदस्यीय र वडा कमिटीका अध्यक्ष पुनाराम अधिकारी र प्रेस चौतारी नेपालका प्रदेश सदस्य बिष्णु कुमार आलेको उपस्थितिमा साबिक वडा नम्बर २ थर्पु टोलमा अध्यक्षमा रेमलाल खनाल ,उपाध्यक्षमा टोपलाल पौडेल र सचिवमा वसन्त सिंह रहेको टोल कमिटीमा ६८ सदस्यीय टोल कमिटी गठन गरिएको छ । भेलाले आफ्नो गाउँ आफै बनाऔं नारालाई आत्मसाथ गर्दै अघि बढ्ने गरि बिभिन्न निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  १ : १३ बजे