३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

ईपीएलमा काठमाण्डौ र विराटनगरबीचको खेल स्थगित



काठमाण्डौ ।

एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्ग्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको छ । मैदान भिजेको कारण खेल स्थगित भएको हो । कीर्तिपुर मैदानमा निर्धारित समयभन्दा २ घण्टासम्म पनि सुरु हुन नसकेपछि खेल स्थगित गरिएको हो । बिहान साढे ९ बजे नै खेल सुरु हुने भनिए पनि मैदान नओभाए पछि खेल स्थगित गरिएको हो । ईपीएलमा दिउँसो साढे १ बजे भैरहवा ग्ल्याडियटर्स र चितवन टाइगर्स खेल्दैछन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  १२ : ५९ बजे