३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुन्छ: प्रचण्ड



काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता हुने बताएका छन्।
पार्टी कार्यालय पेरिस डाँडामा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा प्रचण्डले दलहरूबीच अध्यादेश फिर्ता लिने सहमति भएको बताएका हुन्। त्यस्तै, बैठकमा प्रचण्डले सरकार विस्तार पनि छिट्टै हुने बताएका थिए।

स्थायी कमिटीको बैठकमा प्रचण्डले नेकपा एकीकृत समाजावादी र जनता समाजवादी पार्टीले धेरै मन्त्रालय मागेको समेत ब्रिफिङ गरेका थिए।
अध्यादेश फिर्ता लिने प्रक्रिया सुरू हुन्छ भनेर अध्यक्षले भन्नुभएको छ। प्रक्रिया मिलाएर सरकारले फिर्ता लिन्छ होला,ुमाओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहले भने,ुमन्त्रालय भागबण्डाको विषयमा अहिलेसम्म प्रवेश नै भएको छैन। अब यस विषयको समेत टुंगो लाग्छ भनेर भन्नुभएको छ।

माओवादी केन्द्रले मंगलबार पनि स्थायी कमिटी बैठक बोलाएको छ। बैठकमा पुसमा हुने राष्ट्रिय सम्मेलनबारे छलफल हुने साहले बताए। आइतबार बसेको सत्ता गठबन्धन बैठकमा अध्यादेश फिर्ता लिने सहमति समेत भएको थियो।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  १ : ११ बजे