३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

अनेरास्ववियू रुकुम पश्चिमको अध्यक्षमा हुकुम



रुकुम ।
नेकपा (एकीकृत समाजवादी) निकट बिद्यार्थी संगठन अनेरास्ववियू रुकुम पश्चिमको अध्यक्षमा हुकुम बिसी चयन हुनुभएको छ । शनिबार मुसीकोटमा भएको संगठनको प्रथम जिल्ला सम्मेलनबाट बिसीको अध्यक्षतामा जिल्ला कमिटी निर्माण गरिएको हो ।

जसको उपाध्यक्षमा भावना शर्मा, सचिवमा प्रेमप्रकाश खत्री, सह सचिवमा नविन शर्मा र वसन्त शर्मा तथा कोषाध्यक्षमा रमेश मल्ल रहनुभएको छ । जिल्ला कमिटी ५१ सदस्यीय रहेको छ । जिल्लामा नेकपा (एस) बनेपछि पहिलो पटक बिद्यार्थी संगठनको जिल्ला कमिटी निर्माण भएको हो ।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  ९ : १५ बजे