३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

तिलोत्तमामा एकीकृत समाजवादीको नगर कमिटी गठन



बुुटवल ।
नेकपा (एकीकृत समाजवादी)को तिलोत्तमा नगर कमिटि घोषणा गरिएको छ । एमाले विभाजनपछि गठन भएको एकीकृत समाजवादीले धमाधम नगर कमिटी गठन गरेको हो । राजेन्द्र सुवेदीको अध्यक्षतामा नगर समिति गठन गरिएको हो ।

तिलोत्तमा नगरकमिटीको उपाध्यक्षमा यज्ञेश्वर क्षत्री, सचिवमा रूकु पाण्डे र उपसचिवमा रमेश पौडेल चयन भएको समाजवादी रुपन्देहीका उपाध्यक्ष सिद्धिचरण भटराईले जानकारी दिए।

तिलोत्तमामा भएको बैठकलाई केन्द्रीय सल्लाहकार कम्युनिष्ट आन्दोलनका अगुवा देवी पाण्डे, प्रदेश कमिटी सदस्य श्रीराम यादव, जिल्ला उपाध्यक्ष सिद्दिचरण भट्टराई, जिल्ला सचिव अबिराम बिकले सम्बोधन गर्दै एकीकृत पार्टीमा आबद्ध हुन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  ५ : ४७ बजे