३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

कांग्रेस अर्घाखाँचीमा पौडेल पक्षको दबदबा, ५ स्थानीय तहमा आयो नेतृत्व



बिष्णुकुमार आले, अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत नगरपालिकाको सभापतिमा मोहन प्रसाद पन्थी विजयी भएका छन् ।

नगर सभापतिमा पौडेल पक्षका मोति बहादुर बेल्बासेलाई ३७ मतले पछि पार्दै १४३ मत प्राप्त गरि देउवा पक्षका मोहन प्रसाद पन्थी बिजयी भएका हुन् ।

कांग्रेसको नगर अधिवेशनमा खुल्ला सत्र पछि बन्द सत्रबाट सहमति जुट्न नसकेपछि नगरपालिकाको नगर सभापतिको लागि प्यानल नै खडा गरि मोति बहादुर वेल्वासे र मोहन प्रसाद पन्थी प्यानल चुनावी मैदानमा उत्रिएका थिए ।

जम्मा खसेको मत २५१ मध्ये मोति वेल्वासेको पक्षमा १०६ मत खसेको थियो । मोहन प्रसाद पन्थीले १४३ मत प्राप्त गरेका छन् । उपसभापतिमा मान बहादुर सारु र विष्णु वेल्वासे, सचिवमा चन्द्रमणि वेल्वासे र हेमनाथ भुसाल, सह सचिवमा चन्द्र रेश्मी र ठाकुर बन्जाडे निर्वाचित भएको क्षेत्रिय प्रतिनिधि कमल ज्ञवालीले जानकारी दिए ।

त्यस्तै जिल्लाका ५ स्थानीय तहमा नेता रामचन्द्र पौडेल समूह विजयी भएका छन् । जसमा सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल, भूमिकास्थान नगरपालिकाको सभापतिमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी र मालारानी गाउँपालिकामा शोभाखर खनाल बिजयी भएका छन् । यस्तै पाणिनी गाउँपालिकामा विजयी तुल्सी पौडेल पनि पौडेल पक्षमा रहेको जनाईएको छ ।

जिल्लाको पाणिनी, छत्रदेव र मालारानी गाउँपालिकामा सर्वसहमत रुपमा नेतृत्व चयन भएको छ । साथै सन्धिखर्कको नगर सभापतिमा बाबुराम भुसालले १५५ मत, र भूमिकास्थानको सभापतिमा खडानन्द बेल्वासेले १०३ मत प्राप्त गरि निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  ७ : ०७ बजे