३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

नेकपा (एस) अर्घाखाँची शितगंगाको वडा कमिटी गठनमा जुट्यो



मायादेवी अनलाइन, शितगंगा ।
नेकपा (एस) शितगंगा नगर कमिटी वडा कमिटी गठनमा जुटेको छ । आगामी असोज मसान्त भित्र जिल्लाका सबै पालिका र वडा कमिटी गठन गर्ने जिल्ला कमिटीको निर्णय अनुसार शितगंगामा वडा कमिटी धमाधम गठन भैरहेका हुन् ।

१४ वडा रहेको शितगंगामा आइतबारसम्म आधा वडामा कमिटी गठन भएको नेकपा (एस)का नगर इन्चार्ज नारायण शर्माले जानकारी दिनुभयो ।

शितगंगा वडा नं. ८ मा इन्द्र बहादुर कुमालको अध्यक्षतामा ३१ सदस्यिय वडा कमिटी गठन भएको छ । नेकपा (एस)का जिल्ला अध्यक्ष रामबहादुर चौहान, नेता पिताम्बर सारु, कपिलवस्तुका युवा नेताहरु विकास बञ्जाडे, दीपक अनुरागी लगायतले चौहानको अध्यक्षतामा वडा कमिटी गठन गरेका हुन् ।

वडा नं. १४ मा देवराज पन्थीको अध्यक्षतामा ३१ सदस्यिय नै वडा कमिटी गठन भएको छ । कमिटी गठनमा नेता पिताम्बर भुसाल, नगर इन्चार्ज नारायण शर्मा लगायतको उपस्थिती रहेको नेकपा (एस) शितगंगाले जनाएको छ ।

यस्तै वडा नं. ७ मा खिम प्रसाद पन्थीको नेतृत्वमा ४१ सदस्यीय वडा कमिटी गठन भएको छ । त्यस्तै वडा नं. १३ वाट राम वहादुर वि.सि.को नेतृत्वमा ६१ सदस्यिय वडा कमिटी गठन भएको छ ।

(एकिकृत समाजवादी)का नेता तथा केन्द्रिय कमिटि सदस्य पिताम्वर सारुको प्रमुख आथिथ्यता, जिल्ला कमिटी सदस्य गोविन्द पोख्रेल, शेरवहादुर थापा, लेखमणी आचार्य, कमल लामिछाने, मान बहादुर विक, विक्रम आचार्यको विषेश आतिथ्यतामा कमिटी बनेको हो ।

यता वडा नं. ६ मा कमल आचार्यको नेतृत्वमा ६१ सदस्यीय वडा कमिटी गठन भएको छ भने वडा नं. ४ बाट कृष्ण चौवानको नेतृत्वमा २५ सदस्यिय कमिटी गठन भएको छ ।

कार्यक्रममा (एकिकृत समाजवादी)का नेता तथा प्रदेश कमिटी सदस्य पिताम्वर भुसालको प्रमुख आतिथ्यता, प्रदेश कमिटी सदस्य पिताम्वर सारुको विषेश आतिथ्यता, नगर इन्चार्ज नारायण शर्मा, जिल्ला सदस्य शेरवहादुर थापा, कपिलवस्तु जिल्ला कमिटी सदस्य दिपक अनुरागी, पिपुल्स भोलेन्टियरका जिल्ला उपाध्यक्ष शुशिल भट्टराई लगायत अगुवा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  ७ : ०१ बजे