३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

असोज १३ मा कांग्रेस कपिलवस्तुको गाउँ र नगर अधिवेशन



मायादेवी अनलाइन, चारनम्बर ।
नेपाली कांग्रेस कपिलवस्तुको गाउँ र नगर अधिवेशन यहीँ असोज १३ गते हुने भएको छ । जिल्लाका ९६ वडाका अधिवेशन सम्पन्न भएसंगै कांग्रेस कपिलवस्तु गाउँ र नगर अधिवेशनमा जुटेको हो ।

१० स्थानीय तह मध्ये ४ गाउँपालिका र ६ नगरपालिकामा एकै दिन निर्वाचन हुने निर्वाचन अधिकृत घनश्याम पन्तले जानकारी दिनुभयो ।
पन्तद्धारा आइतबार प्रकाशित विज्ञप्ति अनुसार गाउँ र पालिका अधिवेशनको मतदाता नामावली असोज १२ गते जिल्ला पार्टी कार्यालय र १३ गते बुथमा प्रकाशन गरिनेछ ।

विहान ७ बजेदेखि निर्वाचन कार्यक्रम प्रारम्भ हुने जिल्ला निर्वाचन अधिकृत पन्तले बताउनुभयो ।

प्रकाशित मिति : ११ आश्विन २०७८ सोमबार ००:००  ६ : ४० बजे