अर्घाखाँची ।
नेपाली कांग्रेस शितगंगा नगरपालिकाको सभापतिमा मोहन पन्थी विजयी हुनुभएको छ । पन्थीले निकटतम प्रतिद्वन्द्वी मोति बेल्बासेलाई ३७ मतान्तरले पछाडि पार्नुभएको हो ।
आइतबार भएको निर्वाचनमा बेल्वासेले १ सय ६ मत ल्याउनु भयो भने पन्थीले १ सय ४३ मत पाएका छन् । उपसभापतीमा मान बहादुर सारु र विष्णुराज बेल्वासे विजयी हुनुभएको छ । उहाँहरुले नुनबहादुर विसी र यदुप्रसाद पोख्रेललाई पराजित गर्नुभएको हो ।
सचिवमा चन्द्रमणी बेल्वासे र हेमनाथ भुसाल विजयी हुनुभएकोछ । उक्त पदका उम्मेद्वार कमल ढकाल र निर्मल कुमार बेल्वासे पराजित हुनुभएको छ ।
यस्तो छ चुनावी नतीजा
सहसचिवः
चन्द्रबहादुर रेश्मीः १४७
ठाकुर बन्जाडेः १३४
नारायण सुनारः ९२
सन्तोष बेल्वासेः ८३
सदस्य
१) ताराप्रसाद अधिकारीः १९०
२) फर्सुराम पौडेलः १३८
३) यमबहादुर घर्तीः ९९
प्रतिक्रिया