२७ कार्तिक २०८१, मंगलबार | Wed Nov 13 2024

कपिलवस्तुमा एमालेका उम्मेद्वार एकीकृत समाजवादीसंग हारे



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुमा शनिबार भएको एक सामुदायिक बनको निर्वाचनमा एमालेका उम्मेदवार एकीकृत समाजवादीका उम्मेद्वारसंग पराजित भएका छन् ।

जिल्लाको वाणगंगा नगरपालिका वडा नं. २ मा रहेको पिपरा कोठी सामुदायिक बनमा भएको निर्वाचनमा एकीकृत समाजवादीको तर्फबाट उम्मेद्वारी दिएका दुई जनाले चुनाव जितेका हुन् ।

सामुदायिक बनको निर्वाचनमा एमाले एक्लै र नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)ले संयुक्त गठबन्धन बनाई चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । एमालेको बाहुल्यता रहेको यो क्षेत्रमा पार्टी फुटको असर देखिएको हो । यो क्षेत्रमा प्रदेश सांसद विष्णु पन्थीको घर छ । एमालेका हस्ती भएको यो क्षेत्रमा एमालेले चुनाव जित्दै आएको थियो ।

एमालेका उम्मेदवार पराजित गरी एकीकृत समाजवादीको तर्फबाट चुनाव जित्ने सह–सचिव पदका उम्मेद्वार शंकर कार्की हुन् । कार्कीले एमालेका विमला गिरीलाई चुनावमा पराजित गरेका हुन् । विजयी भएका कार्कीले २ सय ९५ र गिरीले २ सय ४२ मत पाएका थिए ।

यस्तै सामुदायिक बनको कार्यसमिति सदस्यमा नेकपा (एस) की सोनमती चौधरीले जितेकी छिन् ।

यता एमालेबाट सचिवका उम्मेद्वार बाबुराम घिमिरे र कोषाध्यक्ष सरोज पौडेलले संयुक्त प्यानलका उम्मेदवारलाई हराउँदै चुनाव जितेका छन् । पौडेल माओवादी केन्द्रका भए पनि नेकपा हुँदै फाल्गुण २३ मा अदालतको निर्णय पछि एमालेमा प्रवेश गरेका थिए । अध्यक्षमा माओवादी केन्द्रका रत्न बहादुर कार्कीले चुनाव जितेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८ आइतबार ००:००  ७ : ०८ बजे